राजविराज / अत्यावस्यक औषधी, मानविय श्रोत–साधनलगायत अन्य सम्पुर्ण सामग्रीको राम्रो प्रवन्ध भएर पनि सप्तरीका कतिपय स्वास्थ्य चौकीवाट अहिले पनि सर्वसाधारणले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अन्य सवै कुरा भए पनि आफनो छुट्टै भवन र आधारभूत पूर्वाधार नहुँदा स्वास्थ्य चौकीहरुको स्वास्थ्य सेवा प्रभावित भईरहेको छ ।
मधुपट्टि गाविसस्थित स्वास्थ्य चौकीको स्वास्थ्य सेवा पनि यस्ता अन्य स्वास्थ्य चौकीको भन्दा फरक छैन । स्वास्थ्य चौकीले मधुपट्टि र दौलतपुर गाविसका करिव ५ हजार जनसंख्याको स्वास्थ्य सेवा धानिरहेको छ । मधुपट्टिका ४ हजार ९ सय ८४ र दौलतपुर वडा नं. १ र २ का करिव ३ सय गरी ५ हजार भन्दा वढि जनसंख्यालाई स्वास्थ्य सेवा दिने यो संस्थाको सेवा दिने प्रकृया भने सुन्दै अनौठो छ ।
आफ्नो छुट्टै भवन नहुँदा गाउँ विकास समितिको कार्यालयमा एउटा अफिस र एउटा स्टोर रुम गरी दुई वटा कोठामा सिमित रहेको यो स्वास्थ्य संस्थामा गर्भवती चेकजाँचको सेवा भने साह्रै अप्ठ्यारो छ । महिलाहरु आएपछि सवै स्टाफलाई कार्यालय वाहिर निकाल्छु अनि ढोका लगाएर चेकजाँच सकिएपछि कार्यालय भित्र वोलाउँछुु अनमी पवित्रा श्रेष्ठले भनिन्–'मैले यो संस्थामा काम गर्न थालेदेखि यसैगरी चल्दैछ ।’
चेकजाँचको छुट्टै स्थानको ब्यवस्था नहुँदा सम्पुर्ण स्टाफ कर्मचारीले दुःख पाउने गरेको उनको अनुभव छ । तर, कर्मचारीले दुःख पाए भन्दैमा सेवाग्राहीलाई फिर्ता पठाउन नमिल्ने भएकाले लाचारी पुर्वक काम गर्दै आएको श्रेष्ठले वताईन ।’ कहिले काहीँ त दिनमै ३/४ पटक यो अवस्था दोहोरिन्छु उनले भनिन् –अरुको कार्यालयमा वसुन्जेल अवस्थामा सुधार आउला जस्तो लागेको छैन ।' अहेव प्रदिप चौधरीले भने स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गाको ब्यवस्था भईसकेकाले समस्या समाधानको वाटोमा लागेको भन्दै सन्तोष ब्यक्त गरे ।
एचए–१, अहेव–३, अनमी–२ र कार्यालय सहायक १ गरी कुल ७ जनाको दरवन्दी रहेको स्वास्थ्य चौकीमा दरवन्दी अनुसार सवै कर्मचारी वहाल रहेकाले भवनका कारण प्रभावित हुने वाहेक अन्य सेवा सन्तोष जनक रुपमा संचालन भईरहेको चौधरीको भनाई छ । उनका अनुसार स्वास्थ्य चौकीमा हाल दैनिक २० देखि २५ जनाले स्वास्थ्य सेवा लिने गरेका छन् । ज्वरो, रुघाखोकी, झाडा पखला, ग्याष्ट्रिकलगायतका विरामी वढि आउने गरेको चौधरीले जानकारी दिए ।
यता, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले भने आवश्यक ७ कठ्ठा जग्गा प्राप्त भईसकेकोले स्वास्थ्य चौकी भवन निर्माणका लागि मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी दिएका छन् । ुजग्गा प्राप्त भएपछि हामीले गर्नु पर्ने सवै प्रक्रिया पुरा गरी सकेका छौं ।’–उनले भने –‘अव मन्त्रालयको प्राथमिताका आधारमा सकेसम्म चाँडै भवन निर्माण प्रकृया पनि सुरु हुन्छ ।’
सरकारी स्वास्थ्य चौकी:छैन स्तरिय सेवा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































