[caption id="attachment_9253" align="alignnone" width="1024"]DSC08014 डा. गोविन्द केशी शनिवार सप्तरीको वाढि प्रभावित क्षेत्रमा स्थानियको उपचार गर्दै ।[/caption]

राजविराज / सप्तरी जिल्लाका विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा रहेको भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका दुईवटा अस्पताल र ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको छ । खास गरी बालबालिकादेखि वृद्धवृद्धामा भाइरल ज्वरोको प्रकोप बढेको अस्पतालबाट थाहा भएको छ । सप्तरी जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत बिरामीको चाप बढेको अस्पताल स्रोतले जनाएको छ । अञ्चल अस्पतालका दर्ता शाखाका कर्मचारी तारानन्द झाले भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पतालमा बिरामीको चाप बढेको र अहिले अस्पतालमा श्ययाको समेत अभाव भएको बताए । उनले भने, “अस्पतालमा दैनिक ६० देखि ८० जना बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकामध्ये धेरैजसो भाइरल ज्वरो र अन्य बिरामी पाइएका छन् ।” त्यस्तै जिल्लाको भारदह अस्पतालमा पनि दैनिक १० देखि १५ जना भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाका अनुसार केही दिनयता बढेको अत्यधिक गर्मी र लगातार परेको वर्षाका कारण अञ्चल अस्पताललगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् ।