धनकुटा/ मलामी गएको श्रीमान तिन महिना वित्दा पनि घर नर्फिएपछि श्रीमानको खोजी कार्यमा सहयोग गरि दिन वेपत्ता भएका धनकुटा चानुवाका भीमवहादुर चापागाँईकी धर्मपत्नी कल्पना चापागाँइले आइतवार पत्रकार सम्मेलन गरेर स्थानिय संचारकर्मीहरुलाई आग्रह गरेकी छन् ।
भिमवहादुर गएको जेष्ठ–१८ गते मंगवारका दिन छिमेकी रेशम चागाँईको मलामी गएको र सोही दिन श्रीमान घर नफर्की वेपत्ता भएका भिमवहादुरका श्रीमती कल्पना चापागाँईले पत्रकार सम्मेलनमा वताएकी छन् । उनले श्रीमानको खोजी कार्यको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएको भए पनि घट्ना प्रति प्रहरी जिम्मेवार भएर अनुशन्धान प्रक्रिया अघि नवढाएको गुनासो पिडित चापाँगाईले गरेकी छन् । उनले भरपर्दो प्रमाण फेला नपरेको भन्दै प्रहरीले अनुसन्धान्मा आलटाल गरेकाले आफु वाध्यभएर पत्रकार सम्मेलन मार्फत मानव अधिकारकर्मी, न्यायप्रेमी महानुभावहरुलाई गुहार माग्न पत्रकारसंग शरण परको वताईन ।
उनले मलामीसंगै गएका नाताले आफ्नै दाजुभाई पर्ने चानुवा–१ घर भै हाल लेगुवा–७ मा वस्ने अर्जुन चापागाँई, चानुवा–२ का हेमचन्द्र चापागाँई, वद्रीनारयण चापागाँई, लेगुवा वजारमा पसल गरि वस्ने विमला राई, शसस्त्र प्रहरी वलमा कार्यरत असै हेमचन्द्र चापागाँई र लेगुवा–७ कै भवानी चापागाँई माथि श्रीमान वेपत्ता हुनुमा शंका छ भनेर प्रहरी माथि जाहेरी दिदा पनि निजहरु माथि प्रहरीले कुनै अनुशन्धान नगरेको उनको गुनासो छ ।
पिडित कल्पनाले आफ्नो श्रीमान लेगुवाघाटमा सवै गाउँका दाजुभाईसंग मलामी जानु अनि सवै दाजुभाई दाहासंस्कार गरेर फर्कनु तर आफ्नो श्रीमान चाँही नफर्कनुले आफ्नै दाजुभाई माथि घट्ना घटाउनुमा शंका उत्पन्न भएको वताएकी छन् । छोरा भिमवहादुरको खोजी गाउँका सवै मान्छे हिड्दा नाताले नजिक आफ्नै दाजुभाईले खोजी कार्यमा चासो नदिएको र लेगुवा वजारकी विमला राईको घरमा मलामी गएका दिन वसेर खानपान गरेकाले आफुहरुलाई शंका लागेर जाहेरी दिएको वेपत्ता भएका भिमका वुवा लोकवहादुर चापागाँइले वताएका छन् ।
यता प्रहरीले घट्नाको अनुशनधान भैरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्मुख विभुतीराज पाण्डेले भने मलामी जाँदा वेपत्ता भएका भिमवहादुरलाई कसैले अहिलसम्म मारेको भन्ने प्रमाण नभेटिएको र निज चापागलागेर ाँईले मादक पदार्थ सेवन गरेकाले लडेर भिरवाट नदिमा झरेको होकी भन्ने घट्नाको प्रकृति हेर्दा अनुशनधानवाट खुलेको वताएका छन् । उनले पिडित महिलाले जाहेरीमा शंका लागेर तोकेका व्याक्तिहरुलाई ल्याएर अनुसन्धान गर्दा पनि यथष्ट प्रमाण नपुगेको प्रमुख पाण्डेको भनाई छ ।