[caption id="attachment_10516" align="aligncenter" width="800"]? वेपत्ताका परिवार, दुई छोरी र अन्य पत्रकार सम्मेलनमा ।[/caption]

धनकुटा /  मलामी गएका श्रीमान विगत दुई महिना देखि वेपत्ता भएको भन्दै धनकुटाको चानुवा गाविसकी एक महिलाले बेपत्ता श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन माग गरेका छन् । धनकुटा चानुवा गाविस वडा न १ रुपाटारकी कल्पना चापागाईले गएको जेठ १८ गते मलामी गएको अवस्थामा नै श्रीमानलाई बेपत्ता बनाईएको भन्दै श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन माग गरेकी हुन । आईतवार धनकुटामा पत्रकार सम्मेलन गरि स्थानिय वीरेन्द्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक समेत रहेका श्रीमान भिमबहादुर चापागाई अहिले सम्म घर फर्केर नआएको र सागै मलामी गएका केही व्यक्तिले श्रीमानलाई वेपत्ता पारेको आशंका आफुमा रहेको वताए । रुखबाट लडेर मृत्यु भएका भतिज रेशम चापागाईाको अन्त्योष्टिका लागी अरुण नदीको बेलटारघाट गएका भीमबहादुर विच बाटोबाटै बेपत्ता भएका

[caption id="attachment_10517" align="alignright" width="300"]photo-2 वेपत्ता शिक्षक[/caption]

हुन् । मलामी गएर राती अवरे सम्म घर नर्फिएपछि फोन सम्पर्क गर्दा मोवाईल स्वीच अफ भनेपछि आउन अबेर भएर कसैको घरमा बसे होलान भन्न ठानेर खाना खाई सुतेको र भोली पल्ट दिउसो एक बजे सम्म घर नफर्किए पछि आफुहरुले खोजी गर्न शुरु गरेको उनले वताइन । सवै आफन्तहरुकोमा सम्पर्क गर्दै करिब एक हप्ता सम्म जंगल,नदि किनार सबैतिर खोजी गरे पनि कतै फेला नपरेको आफन्तले वताएका छन् । साथै खोजी कार्यमा ईलाका प्रहरी चौकी चानुवाले समेत बेवास्ता गरेको परिवारजनले गुनासो गरेका छन् । ईलाका प्रहरी चौकीले समेत खोजी कार्यमा बास्ता नगरेपछि तेश्रो दिन जिल्ला प्रहरी कार्यालय धनकुटामा हुलिया जाहेरी सहित शंकास्पद व्यक्तिलाई अनुसन्धान गर्न निवेदन दर्ता गरे श्रीमान घरवाट हिडेपछिको सम्पुर्ण घटना विवरण सुनाउदै उनले भनिन धेरै प्रमाणहरु फेला पर्दा पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रमाण फेला परेन भनेर घटनालाई बेवास्ता गरि आलटाल गरिरहेको उहााले आरोप लगाएकी छन् । यस्तै पत्रकार सम्मेलनमा वोल्दै पिडित चापागाईले प्रहरीले शकास्पद लागेको व्यक्तिको नाम सहित किटानी जाहेरी दिन खोजेपनि उजुरी लिन अस्विकार गरेको गुनासो गरेका छन् । गहभरि आसु  पार्दै चापागाईले भनिन  -'श्रीमान वेपत्ता भएपछि प्रहरीमा निवेदन दिए अहिले घरमा वस्न असुरक्षित महसुस भएपछि बालबच्चा सहित डेरा खोजी धनकुटा सदरमुकाममा वस्दै आएकी छु ।] यसै घटनाका कारण भिमवहादुरका वावु मकरबहादुर चापागाईले समेत गाउमा वस्ने अवस्था नरहेको भन्दै अव बसाईसराई नै गर्नुपर्ने अवस्था आएको दुखेसो गरे । उनका दुई छोरी र एक छोरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले समेत दुई महिना वितिसक्दा सम्म घटनाको सत्यतथ्य विवरण पत्ता लगाई सार्वजनिक गर्न नसकेकाले श्रीमानको खोजी कार्यमा सहयोग गरि दोषी माथि कानुनी कारर्वाही गर्न सहयोग गरिदिन पत्रकार सम्मेलनमा वितरित अपिल पत्रमा उल्लेख गरिएको् छ ।  कि सास नत्र लास चाहियाे उनले भनिन । यस घट्नाको सम्पर्क गर्दा प्रहरीको अनुसन्धानमा बेपत्ता रहनु भएका चापागाईले अत्याधिक मादक पदार्थ सेवन गरेकाले नदीमा खसेर बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी विभुतिराज पाण्डेले बताएका छन् । घट्नामा संलग्न भएको शंका लागेका ब्यक्तिहरुसंग बयान लिने, घट्नास्थल, आसपासको क्षेत्रमा गोप्य अनुसन्धान गर्ने कार्य जारी रहेको समेत प्रहरी उपरिक्षक पाण्डेले बताएका छन् ।