कालोबजारीमा संलग्न दास पक्राउ
सप्तरी/ कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै एक पसलेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय रञ्जीत दासले आफ्नै धानको पसलमा करिब २३ लिटर पेट्रोल लुकाइ राखेको र उनले ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
उनलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































