अचेत अवस्थाकी महिलाको मृत्यु
ललितपुर/ललितपुर उपमहानगरपालिका–१० ज्वागलचोकस्थित सडकपेटीमा भेटिएकी अचेत महिलाको मृत्यु भएको छ ।
सोमबार अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा दिउँसो पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।
मृतक महिलाको नामथर नखुलेको बताइएको छ । अन्दाजी ५० वर्षकी महिलाले रातो साडी, ब्लाउज, रातो टीकालगाउनुका साथै लेडिज ब्यागभित्र घडी, छाता, सेतो चस्मालगायतका सामान रहेको प्रहरीले जनाएको छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































