ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु
इनरुवा/मलामी बोकेर जाँदै गरेको ट्र्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रामधुनीभासी नगरपालिका–१ बाट बराहक्षेत्र–६ तेह्रआरडीस्थित खोलामा शव जलाउन जाँदै गरेको १ त ६२५० नम्बरको ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको शव परीक्षण गरी परिवारजनलाई जिम्मा लगाइएको छ भने ट्र्याक्टर र ट्र्याक्टर चालक इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































