विजयपुर/नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले ‘म्यादी प्राचार्य’ नियुक्त गरेको भन्दै अनेरारास्ववियुले धरानस्थित पिण्डेश्वर विद्यापीठको प्रशासनमा बुधबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । ‘पाँच महिनाअगाडि नै नियुक्ति गर्नुपर्ने प्राचार्य नियुक्त नगरेर अहिले तीन महिनाका लागि म्यादी प्राचार्य नियुक्त गरिएको छ’, अनेरास्ववियुका इकाइ कमिटी अध्यक्ष निरज आचार्यले भने, ‘हामीले पूर्ण कार्यकालका लागि प्राचार्य चाहेको हो ।’

Talabandi-e1453293857548

म्यादी प्राचार्यले क्याम्पसको प्रशासनिक तथा भौतिक विकास गर्न नसक्ने उनको जिकीर छ । उनले तत्काल पूर्णकालीन प्राचार्य नियुक्त गर्न माग गरे । अनेरास्ववियुले १५ बुँदे माग राखी तालाबन्दी गरेको हो । अनेरास्ववियुले परिवर्तित संवैधानिक व्यवस्थाअनुसार विश्वविद्यालयको पुनःसंरचना गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गर्नुपर्ने, धरानमा आयुर्वेद पठनपाठनको व्यवस्था गरिनुपर्ने, शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने जस्ता माग राखेका छन् ।

‘म्यादी प्राचार्यबाट हाम्रा माग पूरा हुन सक्दैनन्’, अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी विद्यापीठको समग्र विकासका पक्षमा छाँै, विश्वविद्यालयले यो कुरा मनन् गर्नुपर्छ ।राजनैतिक खिचातानीका कारण विद्यापीठमा लामो समयदेखि प्राचार्य नियुक्त हुन सकेको थिएन । गत सोमबार मात्र उपकुलपतिले सहप्राध्यापक डा चन्द्रमणि नेपाललाई तीन महिनाका लागि प्राचार्यमा नियुक्त गरेका थिए । यसैबीच नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको हात्तीसार इकाइले पनि बुधबार नै विज्ञप्ति जारी गरी सहमति, सहकार्य र सहअस्तित्वका आधारमा प्राचार्य नियुक्त गर्न माग गरेको छ । शिक्षाध्यक्षको समेत अधिकार खोसेर उपकुलपतिले विश्वििद्यालयलाई शैक्षिक तथा प्राज्ञिक केन्द्रको रुपमा विकास गर्नुको सट्टा कुनै एक समूहको राजनैतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा प्रयोग गरेको भन्दै तत्काल निर्णय सच्याउन विज्ञप्तिमा माग गरिएको छ ।

सङ्गठनका इकाइ अध्यक्ष टीकाराम दाहाल र सचिव सुमन खतिवडाले विज्ञप्तिमार्पmत् चारबुँदे माग पनि प्रस्तुत गरेका छन् । उपकुलपति प्राध्यापक कुलप्रसाद कोइरालाद्वारा नियुक्त प्राचार्य सहप्राध्यापक नेपालले भने अहिले क्याम्पसमा भएको तालाबन्दी आप्mनाविरुद्ध नभएको बताए । उनले बिहीबार विद्यार्थीहरुलाई वार्तामा बोलाएको जानकारी दिँदै वार्ताबाट समस्याको समाधान खोज्दै विद्यापीठका प्रशासनिक, शैक्षिक कमजोरीहरुलाई सुधार गरेर जाने बताए ।