गैरकानुनी बसेका ३७ बंगलादेशी नागरिक पक्राउ
धरान/गैह्र कानुनी रुपमा बसेका ३७ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेल आसपास क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीका अनुसार गैह्र कानुनी बसेका विदेशीहरुको विवरण संकलन गर्ने क्रममा रहेको र सोही क्रममा पक्राउ गरेको हो ।
उनले पक्राउ परेकाहरुलाई उनीहरुकै देश पठाउनको लागि भोलि अध्यागमनमा बुझाउने बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























