काठमाडौं/उद्योग मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच नेपालका लघु तथा घरेलु उद्योगबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण व्यवस्थाका लागि सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।
नेपालका लघु तथा घरेलु उद्योगबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री वितरणका लागि मन्त्रालयका तर्फबाट सहसचिव दिनेश घिमिरे र महानगरकातर्फबाट प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले हस्ताक्षर गरेका हुन्।
सम्झौता समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले काठमाडौँको स्थानीय कूटनीतिले नेपालको उद्योग प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त गरे। मन्त्री जोशीले विकसित देशको आधुनिक विकास पद्धतिमा प्रतिस्पर्धा गर्न कठिन भए पनि नेपाली मौलिक वस्तुको प्रवद्र्धनमा नेपाल प्रथम हुनेमा कुनै शङ्का नभएको धारणा राखे ।
महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङले महानगरको केन्द्रीय कार्यालय रहेको बागदरबारलाई सिटी ग्यालरीका रुपमा विकास गर्न लागेको योजना सुनाउँदै नेपालको हस्तकला अन्तर्राष्ट्रिय बजारमा बिक्ने वस्तु रहेको बताए ।
रासस उद्योग मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच सम्झौता

रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।