काठमाडौं / नेपाल पञ्चांग निर्णायक समितिले विक्रम सम्वत २०७४ सालको पात्रो सार्वजनिक गरेको छ । नयाँ पात्रो अनुसार आगामी वर्ष नागपञ्चमीकै दिन जनैपूर्णिमा परेको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले पूर्णिमाको दिन चन्द्र ग्रहण परेकाले त्यसअघि पञ्चमीकै दिन जनै लगाउनुपर्ने बताए ।
‘साउन २३ गते सोमबार पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्छ । ग्रहण नलाग्ने भए त्यही दिन ऋषि तर्पणी र जनै पूर्णिमा पथ्र्यो,’ उनले भने– ‘ग्रहण र संक्रान्तिको दिन जनै लगाउन नहुने शास्त्रीय मान्यता भएकाले साउन १३ गते नागपञ्चमीका दिन नै जनै लगाउनुपर्छ ।’
यस्ता छन् ०७४ सालका महत्वपूर्ण चाडपर्वः
वैशाखः १ गते शुक्रबार नयाँ वर्ष, १३ गते बुधबार मातातीर्थ औंसी, १६ गते शनिबार अक्षय तृतीया, १८ गते सोमबार मजदुर दिवस, २७ गते बुधबार बुद्धजयन्ती ।
असारः २५ गते आइतबार गुरुपूर्णिमा ।
साउनः १३ गते शुक्रबार नागपञ्चमी र जनै लगाउने दिन, २३ गते पूर्णिमा, २४ गते मंगलबार गाईजात्रा, ३० गते सोमबार कृष्णाष्टमी ।
भदौः ५ गते सोमबार कुशे औंसी, ७ गते बुधबार दर खाने दिन, ८ गते बिहीबार तीज, १० गते शनिबार ऋषिपञ्चमी, २० गते मंगलबार इन्द्रजात्रा, २१ गते बुधबार सोह्रश्राद्ध सुरु, २८ गते बुधबार जितीया पर्व ।
असोजः ३ गते मंगलबार स्रोहश्राद्ध समाप्त, ५ गते बिहीबार घटस्थापना, ११ गते बुधबार फूलपाती, १२ गते बिहीबार महाष्टमी, १३ गते शुक्रबार महानवमी, १४ गते शनिबार विजयादशमी, १९ गते बिहीबार कोजाग्रत पूर्णिमा । ३१ गते मंगलबार यमपञ्चक सुरु कागतिहार ।
कात्तिकः १ गते बुधबार कुकुर तिहार, २ गते बिहीबार लक्ष्मीपूजा, ३ गते शुक्रबार गाई गोरु र म्हपूजा नेपाल संवत सुरु, ४ गते शनिबार भाइटीका, ९ गते बिहीबार छठ पर्व, १४ गते मंगलबार हरिबोधनी एकादशी तुलसी विवाह ।
मंसिरः १ गते शुक्रबार बालाचतुर्दशी, ७ गते बिहीबार विवाह पञ्चमी, १७ गते आइतबार धान्य पूर्णिमा उधौली ज्यापू दिवस ।
पुसः ३ गते सोमबार पुसे औंसी, १० गते सोमबार क्रिसमस डे, ४ गते मंगलबार तोला ल्होसार, १५ गते शनिबार तमु ल्होसार, १७ गते सोमबार स्वस्थानी व्रत कथा सुरु ।
माघः ८ गते सोमबार श्रीपञ्चमी, १७ गते स्वस्थानी व्रतकथा समाप्ती, ४ गते सोनाम ल्होसार, १६ गते मंगलबार शहीद दिवस ।
फागुनः १ गते मंगलबार शिवरात्री, ४ गते शुक्रबार ग्याल्पो ल्होसार, १७ गते बिहीबार पहाडमा होली पर्व, १८ गते शुक्रबार तराईमा होली पर्व, २४ गते नारी दिवस ।
चैतः ३ गते शनिबार घोडेजात्रा, ११ गते आइतबार चैतेदशैं र रामनवमी ।