के तपाईंका पार्टनरले धेरै शंका गर्नुहुन्छ रु अपनाउनुस् यी ६ तरिका धेरैजसो सम्बन्धले एक चरण पार गरेपछि एउटा यस्तो समय आउँदा जहाँ असुरक्षाको भावना पैदा हुन्छ जुन सम्बन्धको लागि घातक हुने गर्दछ । आफ्नो सम्बन्धलाई यस्तो स्थितीबाट बचाउनका लागि तपाईंले यी ६ टिप्सको पालना गर्न सक्नुहुन्छ । कायम राख्नुहोस् सम्बन्धको न्यानोपनः सम्बन्धको सुरुवातमा तपाईं आफ्नो पार्टनरमाथि विशेष ध्यान दिनुहुन्छ तर केही समयपछि तपाईं ‘यस्तै त हो नि’ भनी त्यति वास्ता गर्न छोड्नुहुन्छ । सम्बन्धमा विश्वास बनाइराख्नका लागि तपाईंले सम्बन्धको सुरुवाती न्यानोपनलाई कायम राख्न सक्नुपर्छ । आफ्नो दैनिकीमा उनलाई पनि समावेश गर्नुहोस्ः आफ्नो दिनचर्या जतिसुकै व्यस्त भएपछि आफ्नो दैनिकीमा आफ्नो पार्टनरका लागि समय छुट्याउनु निकै महत्वपूर्ण हो । सम्भव भएसम्म आफ्नो हरेक घुमाई र बिदाको दिनमा आफ्नो पार्टनरलाई अवश्य पनि समावेश गर्नुहोस् । समूहमा हुँदा पनि पार्टनरसँगै बस्नुहोस्ः तपाईं जहिले पनि आफ्नो पार्टनरलाई साथीहरुको समूहसँगै बाहिर लिएर जानुहुन्छ त्यतिबेला तपाईं आफ्ना साथीहरुसँगै हराउने नगर्नुस् । यस्तो फिटिक्कै पनि नगर्नुहोस् । यदि तपाईंले पार्टनरलाई धेरै ध्यान दिनुभएन भने तपाईंहरुको घर गएपछि झगडा हुने सम्भावना १०१ प्रतिशत । गरिरहनुहोस् तारिफः जब सम्बन्धले केही समय पार गर्छ तब तपाईंलाई पार्टनरको हरेक विशेष व्यवहार सामान्य लाग्न थाल्छ । यस्तो हुन नदिनुहोस् । जहाँसम्म सम्भव हुन्छ आफ्नो पार्टनरको हरेक राम्रो कुराको तारिफ गरिरहनु होस् । कुराकानीमार्फत समस्याको समाधानः यदि तपाईंको पार्टनरको मनमा तपाईंको लागि धेरैजसो शंका उपशंका उब्जिन्छ भने यस्तो स्थितीलाई नजरअन्दाज नगर्नुहोस् । चुपचाप लागेर बस्दा शंकाले लंका जलाउँछ । सँगै बसेर हरेक सानो ठूलो समस्यालाई सुल्झाएर सम्बन्धको रथ हाँक्नुहोस् । सधैं आफूलाई पुष्टि नगर्नुहोस्ः यस्तो गर्दा कतै न कतै सम्बन्धमा सम्झौताको भाव आउने गर्दछ । एक समयपछि जब स्थिती तपाईंको नियन्त्रणमा छैन भने हरेक मौकामा जबर्जस्ती आफूलाई पुष्टि गर्ने कोसिस नगर्नुहोस् । सम्बन्धलाई कसरी चलाउने, अगाडि बढाउने वा नबढाउने भन्ने कुराको निर्णय आवश्यकताभन्दा धेरै शंका गर्ने पार्टनरमाथि नै छोड्नुहोस् ।