सामान्यतया गाडी, रेल, पानिजहाज तथा हवाइजहाजमा यात्रा गर्दा अप्ठेरो महसुस हूने,पसिना आउने,रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकि लाग्ने र वान्ता हुने हुन्छ । यात्राको डर, बसेको ठाँउमा सफा हावाको प्रवाह कम हुनु, झ्यालबाट बहिर हेर्न नमिल्नु आदि हुन्।

यसका रोकथामका उपाएहरू १ यात्रा गरिरहेको दिशा भन्दा फरक दिशामा फर्केर नबस्ने २ सकेसम्म गाडिको अगाडिको सिटमा बस्ने,पानिजहाजको तलको मध्यभागमा तथा हवाइजहाजको पखेटानेरको सिटमा बस्ने ३ बसेको ठाँउमा सफा हावाको प्रवाह कम हुन नदिन मिल्निभए झ्याल खोल्ने ४ यदि अन्य यात्रुलाइ वान्ता भइरहेको भएमा सकेसम्म टाढा बस्ने ५ मसन सिक्नेसको बारेमा कुरा नगर्ने र कुनै यात्रुले गरेमा ध्यान नदिने ६ यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने,आँखा बन्द गर्ने अथवा कुनै टाढा को निस्चित बिन्दुमा हेर्ने ७ यात्रा गर्नु पुर्व धेरै चिल्लो खाना,धुम्रपान तथा मध्यपान नगर्ने ८ ध्यान भङ्ग गर्ने खालका कृयाकलाप गर्ने जस्तै गीत सुन्ने, केहि खाने, गफ गर्नेआदी ९ यात्रा गर्नु पुर्व स्याउको जुस पिउने, पदिनाको चिया अथवा पदिनाको पात खाने, तिते पाती को चिया अथवा केहि तिते पाती को रस खाने, अदुवाको चिया अथवा अदुवा खाने, यात्रा गर्दा कगति खाने गर्नाले पनि यसलार्इ कम गर्न सकिन्छ १० स्वास्थ्यकर्मिको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने