काठमाडौं/ तराईका जिल्लामा सोमबार धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।

होली मनाइने तराईका जिल्लाहरुमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने आइतबार होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौंसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा सोमबार पनि होलीको रौनक छ ।

अाइतबार हाेली मनाउने क्रममा उच्छृङ्खल गतिविधी गर्नेहरूलार्इ विभिन्न स्थानबाट प्रहरीले पक्राउ समेत गरेकाे छ । प्रहरीले हाेली खेल्दा ट्राफिक नियम उल्लंघन नगर्न साथै संयमित भएर हाेलि खेल्न अनुराेध समेत गरेकाे छ ।