काठमाडौं/ संसारमा मानिसहरुले अनौठा काम गरेर विश्व कीर्तिमान बनाउँछन् । तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीव–जनावरहरुले पनि बनाउँछन भन्दा तपाइँलाई अचम्म लाग्नसक्छ ।
विश्वभर कीर्तिमानको आधिकारिक दर्ता गर्ने संस्था गिनिज बुक अफ वर्ल्ड रेकर्डले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको रेकर्ड राखेको छ ।
यहाँ ती जीव–जनावरहरुबारे उल्लेख गरिएको छ, जसको कीर्तिमान आजसम्म तोडिएको छैन ।
१. संसारकै सबैभन्दा लामो पुच्छर भएको कुकुर
विश्वको सबैभन्दा लामो पुच्छर भएको कुकुरको ‘कीर्तिमान’ केयुन नाम गरेको कुकुरको नाममा रहेको छ ।
केयुनलाई ल्लेसे लोड्ट्स नाम गरेका बेल्जियमका नागरिकले पालेका छन् । केयुन आइरिसमा स्याल सिकार गर्ने जातको कुकुर हो । यसको पुच्छरको लम्बाई ७६।८ सेमि अर्थात् ३०।२ इन्च रहेको छ ।
बेल्जियमको वेस्ट्रेलो निवासी लोड्ट्सले पालेको केयुनले सन् २०१५ को अगस्ट १८ मा संसारको सबैभन्दा लामो पुच्छर भएको कुकुरको दर्जा पाएको हो । जुन अहिलेसम्म कुनै कुकुरले यस कीर्तिमानलाई तोड्न सकेको छैन ।
२. सबैभन्दा खतरनाक कमिला
संसारकै सबैभन्दा खतरनाक कमिलाको ‘कीर्तिमान’ बुलडग नाम गरेको कमिलाको पोल्टामा छ । यो अष्ट्रेलियाको कोस्टल क्षेत्रमा सन् १९७३ मा पाइएको थियो ।
यसको आक्रमणबाट चारजना अष्टे«लियन नागरिकको ज्यान गइसकेको छ । यसले आफ्नो सिङ र मुख दुबैले एकैपटक आक्रमण गर्दछ ।
हेर्दा अत्यन्तै सानो देखिने बुलडगको तौल ० ।०१५ ग्राम छ र यसको लम्बाई २० मिमि रहेको छ । यो जातको कमिला जम्मा २१ दिनमात्रै बाँच्छ ।
३. सबैभन्दा ठूलो अन्डा
संसारको सबैभन्दा ठूलो अन्डाको तौल २ ।५८९ केजी रहेको छ । उक्त अन्डा स्टुर्टहियो क्यामेल्योस नाम गरेको अष्ट्रिच चराले स्वीडेनमा रहेको दुई व्यक्ति केष्ट्रिन र गुन्नार सहल्निको फार्ममा पारेको हो ।
सन् २००८ को मे १७ मा स्टुर्टहियो क्यामेल्योसले पारेको संसारकै सबैभन्दा ठूलो अन्डाको रेकर्ड आजसम्म कुनै अष्ट्रिचले भंग गर्न सकेको छैन ।
४. संसारकै लामो कान भएको कुकुर
सिकारी प्रजातिको टाइगर नाम गरेको कुकरको दाहिने कान ३४ ।९ सेमि अर्थात् १३ ।७५ इन्च र देब्रे कान ३४ ।२ सेमि अर्थात् १३ ।५ इन्च रहेको छ ।
संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रेकर्ड टाइगरकै नाममा छ ।टाइगरलाई अमेरिका निवासी ब्रायन र क्रिस्टिनाले पालेका हुन् ।
सन् २००३ मा विश्व कीर्तिमान रचेको टाइगरको मृत्यु सन् २००९ को अक्टोबरमा भएपनि यो कीर्तिमान अझैसम्म टाइगरकै नाममा रहेको छ ।
५. सबैभन्दा छिटो दगुर्ने कछुवा
संसारमा सबैभन्दा छिटो दगुर्ने कछुवाको नाम र्बटाइ हो । यसले ० ।२८ मिटर एक सेकेन्डको गतिमा दगुर्छ ।
सन् २०१४ को जुलाई ९ मा यसलाई बेलायतको एडभेन्चर भ्यालीमा भेट्टाइएको थियो ।