गर्मी मौसम भित्रिइसकेको छ । यस मौसममा यदि तपाई नुहाएर सुत्नुहुन्छ भने धेरै फाइदा लिन सक्नुहुन्छ । त्यसो भए जान्नुहोस्, तपाई के–कस्ता फाइदा लिन सक्नुहुन्छ ।
१. मीठो निन्द्रा – रातमा सुत्नुअघि नुहाएमा दिनभरिको थकान टाढा भाग्छ । यसो गर्नाले मांसपेशीलाई आराम दिलाउँछ र मीठो निन्द्रा लाग्छ ।
२. ब्लडसुगर नियन्त्रण – अमेरिकी डायबिटिक एसोसिएसनका अनुसार, रातमा मनतातो पानीले नुहाउनाले ब्लडसुगरको मात्रा कम हुन्छ ।
३. माइग्रेनबाट छुट्कारा – एक अध्ययनले रातमा सुत्नुअघि मनतातो पानीले नुहाउनाले माइग्रेनको समस्याबाट राहत मिल्ने बताएको छ ।
४. तौल घट्छ – यदि तपाई मोटोपनबाट दिक्क हुनुहुन्छ भने चिसोपानीले रातको समयमा नुहाउनुहोस् र शरीरलाई चिसो बनाउनुहोस् ।शरीरलाई तातो बनाउन क्यालोरी बर्निङ प्रोसेस हुनथाल्छ, जसबाट बोसो कम हुँदैजान्छ ।
५. स्वस्थ छालाका लागि – रातमा सुत्नुअघि नुहाउनाले शरीरमा जमेको दिनभरिको फोहोर सफा हुन्छ । जसले गर्दा छालाको संक्रमणको खतरा हुँदैन र छाला स्वस्थ रहन्छ ।
६. तनाव कम हुन्छ – रातमा नुहाउनाले दिनभरिको थकान टाढा भाग्छ । जसले गर्दा दिमागलाई आराम मिल्छ अनि तनाव घट्छ ।
७. रक्तचाप नियन्त्रण – रातमा चिसो पानीले नुहाउनाले रक्तसञ्चार राम्ररी हुन्छ । यसबाट उच्च रक्तचामको समस्या नियन्त्रणमा आउँछ ।
८. मष्तिस्कलाई आराम मिल्छ – रातमा चिसो पानीले नुहाउनाले शरीरमा ताजापन आउँछ । यसले रक्त सञ्चारमा सुधार आउँछ, जसबाट मष्तिस्कमा सकारात्मक प्रभाव पर्छ ।