धरानमा स्कुटीमा लुकाएर ल्याउँदै गर्दा लागूऔषधसहित एक पक्राउ
धरान/धरान–८ बाट धरान प्रहरीले मंगलबार लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले धरान–१० का २० वर्षीय सम्भु श्रेष्ठलाई एकसय ४० थान स्पामोप्रोक्सिभन ट्यावलेट र १० बोतल कोरेक्ससहित पक्राउ गरेको हो । उनलाई को १४ प ११७६ नम्बरको स्कुटरमा आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
उनलाई इप्रका धरानमा राखी थप अनुसन्धान गरिरहेको बताइएको छ । उनलाई लागूऔषध मुद्धामा कारबाही चल्ने बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































