चौतारीले दियो महाँसंघ ताप्लेजुङलाई पाँच थान कुर्सी
ताप्लेजुङ/विश्व प्रेश स्वतन्त्रता दिवसका अवसरमा बुधवार प्रेश चौतारी नेपाल ताप्लेजुङले नेपाल पत्रकार महासँघको ताप्लेजुङ शाखालाई ५ थान कुर्सी सहयोग गरेको छ ।
प्रेश चौतारी नेपालका केन्द्रिय अनुशासन आयोगका सदस्य खगेन्द्र अधिकारी र चौतारीका जिल्ला अध्यक्ष कमलप्रसाद भट्टराईले संयुक्त रुपमा पत्रकार महासँघका जिल्ला उपाध्यक्ष चन्द्र पन्दाक र सचिव रबिन भट्टराईलाई सहयोग स्वरुप कुर्सी उपलब्ध गराएका हुन् ।
प्रेश चौतारीका जिल्ला सचिव केशव आचार्यले पत्रकार महासँघको भौतिक संरचनाम सहयोगी बन्ने उदेश्यले प्रेश स्वतन्त्रता दिवसका अवसरमा ५ थान प्लाष्टिकका कुर्सी दिएको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































