उमेर बढेसँगै कपाल फुल्नु वा सेतो हुनु स्वभाविक हो तर यदी तपाईंको कपाल उमेर नपुग्दै वा कम उमेरममा नै सेनो हुन थालेको छ भने सचेत हुनुस् । उमेर नपुगी कपाल सेतो हुने व्यक्तिहरुमा मुटुको समस्या हुने बढी हुने अनुसन्धानहरुले देखाएका छन् । उमेर ढल्किनुभन्दा अघि नै कपाल सेतो भयो भने त्यो मुटुसम्बन्धि रोगको संकेत रहेको इजिप्टिस्थित कायरो विश्वविद्यालयका कार्डियोलोजिस्टले गरेको एक अनुसन्धानले देखाएको छ । विश्वविद्यालयकी कार्डियोलोजिस्ट इरिनी स्यामुअलका अनुसार रक्तनलीमा बोसो जम्ने एथ्रोस्क्लेरोसिस र कपाल सेतो हुने प्रक्रियामा समानताहरु रहेका छन् जसमा डिएनए रिपेयर, तनाव, सुनिन्ने र हर्मोन परिर्वतनहरु रहेका छन् । एथ्रोस्क्लेरोसिस र कपाल सेतो हुने प्रक्रियाको एउटै जैविक मार्ग हुन्छ जुन उमेरसँगै बढ्छ,’ स्यामुअलले थपे । रक्तनलीमा समस्या हुने विरामीमा सेतो कपाल बढी पाइएको उक्त अध्ययनमा भनिएको छ । कपाल कति सेतो भन्ने कुरालाई पनि ५ वटा प्रकारमा विभाजन गरिएको थियो । जसमा सम्पूर्ण सेतोदेखि केही भाग सेतोसम्म रहेको थियो । मुटु रोग लाग्न सक्ने अन्य कारण जस्तै तनाव, डायबिटिज, धुम्रपान, परिवारको इतिहासलगातलाई पनि यो अध्ययनमा ध्यान दिइएको थियो । अध्ययनकर्ताहरुका अनुसार जति धेरै सेतो कपाल, त्यतिनै धेरै मुटुमा समस्या रहेको अध्ययनको निश्कर्ष पाइएको थियो । त्यस्ता मानिसहरुको रक्तनलीमा समस्या देखिएको थियो । तसर्थ कपाल सेतो हुदै गएको छ भने सचेत बनौं र मुटु जोगाउनका लागि आवश्यक वायाम खानपानमा विशेष ध्यान दिने गरौं ।