पाँचकन्या/ धरानस्थित बीपी प्रतिष्ठानमा उपचार गराइरहेका पाँचथर फिदिम ५ का कालिप्रसाद तुम्वापोका छोरा राजकुमार तुम्वापोलाई तुम्बापो समाज सेवा सङ्घ समिति, दक्षिण कोरियाले सहयोग गरेको छ ।

उनलाई सोमबार समाजले पठाएको ५७ हजार १ सय रुपैयाँ हस्तान्तरण गरियो । तुम्बापो समाज धरानका सल्लाहकार खेमराज तुम्बापो, कुवेरलाल तुम्बापो, अध्यक्ष खड्गबहादुर तुम्बापो र सचिव डम्बर तुम्बापोको उपस्थितिमा बाबु कालिप्रसादलाई सो रकम हस्तान्तरण गरिएको हो । तीन महिनादेखि प्रतिष्ठानमा उपचाररत राजकुमारको नशामा समस्या भएको थियो ।

‘दक्षिण कोरियाबाट सहयोग आएको थियो, यसले परिवारको उपचारमा धेरै ठूलो सहयोग मिलेको छ’, सचिव तुम्बापोले भने । दक्षिण कोरियामा रहेर सङ्घले नेपालमा बिरामी, असहाय, वृद्धि, बालबालिका, स्कुल, संघसंस्था, मठमन्दिरजस्ता विभिनन सामाजिक कार्य गर्द आएको छ ।

सङ्घका अध्यक्ष गजेन्द्र तुम्बापोका अनुसार सिलाटी निवासी मृर्गालापीडित तारा नेम्वाङलाई ४२ हजार, चोकमागुका चुक्पा तुम्बापोलाई २० हजार, गालाको ट्युमर रोगी बिना राईलाई ४० हजार १ सय ७८, महाकवि देवकोटा प्रालिाई १ लाख, भूकम्पपीडित चोकमागुका बासिन्दालाई ६७ हजार २ सय, आन्द्राको ट्युमर आशा तुम्बोलाई २ लाख ७७ हजार, चोकमागुकै जिब्रोको क्यान्सरपीडित विक्रम तुम्बोलाई ५४ हजार १ सय सहयाग गरिसकेको छ । सचिव अर्जुन तुम्बापोका अनुसार समाजलाई पर्दा सक्दो सहयोग जारी रहनेछ ।