सुमोको ठक्करबाट तीन घाइते
सुनसरी/सुनसरीको इटहरी–४ स्थित कोशी राजमार्गमा मंगलबार टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
इटहरीबाट धरानतर्फ जादै गरेको को १ च ८०६७ नम्बरको सुमोले विहान ९ बजे तिर को २३ प ७२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी(४ बस्ने ४२ बर्षिय तेज बहादुर निरौला, पछाडी सवार सोही ठाउँकी ३१ बर्षिया दिल्लिमाया बुढाथोकी र उनकै छोरी डेढ बर्षिया छोरी सोफिया निरौला घाइते भएका छन् ।
घाइते तीनै जनाको बिजयपुर अस्पताल धरानमा उपचार भईरहेको छ भने सुमोका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































