धरान/डाक्टरको लार्पबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पिडितहरुले धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गाइनोक्लोृजी बिभाग घेराउ गरि रहेका छन् ।
बिहिबार शल्यकृया गरि सुत्केरी गराइएकी धरान–११ कि भगवती बिकलाई डाक्टरहरुले लार्पबाही पुर्ण तरिकाले उपचार गरेपछि बिरामीको मृत्यु भएको भन्दै पिडितका आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।
अस्पताल सुरक्षाकालागि इलाका प्रहरी कार्यालय धरानबाट सुरक्षाकर्मि परिचालन गरिएको छ ।घटनाको बारेमा थप विवरण प्राप्त हुन बाकी रहेको छ ।वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. रोहीत रिजालले घटनाप्रति दुख ब्यक्त गर्दै यो घटनामा चिकित्सकको कुनैपनि लार्पवाही नभएको बताएका छन् । बुधबार राती सफल अप्रेशन भएको थियो उनले भने अप्रेशन पछि उहाको रक्तसञ्चारमा केही समस्या आएको थियो,यो डेलिबरि केसमा मात्र हैन अरु कारणबाटपनि हुन सक्छ ।उनले घटनाका बारेमा थप अध्ययन हुने बताए ।