शनिश्चरे /लगातार अस्पतालमै बसेर उपचार गरेको ८ महिनापछि उत्सव धिमाल निको भएर घर आइपुग्दा परिवारको खुसीको सिमा नै रहेन । मृत्यु जितेको एउटा उत्सव नै भयो ।
छरछिमेकीहरु पनि खुसी भए । हर्षका आँशु बगे ।आर्थिक अभावमा कसैको ज्यान जानु ज्यादै दुखद कुरा हो । यही कुरालाई मनन् गरेर मोरङको पथरीशनिश्चरे १० जिरिखिम्तीका १२ वर्षीय उत्सवको उपचारमा आर्थिक सहयोग संकलन अभियानका लागि स्थानीय जुटे ।
फलस्वरुप आर्थिक संकलन भई उपचार सफलतापूर्वक सम्पन्न भएर बालक घर आँउदा मनकारी मानिसहरुको सहयोगको ज्यादै ठूलो प्रसंसा भयो ।
थोरै थोरै सहयोग जुटाएर पनि मानिसको ज्यान बचाउन सकिएकोमा स्थानीयले गौरव गरे । ‘पैसाको अभावमा कसैको ज्यान जाने अवस्था नहोस् भनेर हामीहरु जुट्यौ र त्यो सफलत हात पार्यौं ।’– स्थानीय मदन पोखरेलले पत्रकारहसँग भने ।
उत्सवकी आमा उमाले भावविह्व हुँदै आर्थिक सहयोगी र पत्रकारहरुलाई धन्यवाद दिँदै भनिन् ‘हाम्रो उम्किसकेको खुसी सवैले मिलेर ल्याइदिनुभयो ।’ पत्रकारहरुसँग कुराकानी गर्दै परिवारले आफुले भोगेको हण्डर रुँदै सुनाउँदा सवैका आँखामा रसाए ।
उत्सव २ दिदीका एक्लो भाइ हुन् ।उत्सवको टाउकामा ट्युमर भएपछि काठमाडौंस्थित दिर्घायू अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसपछि घाउ भएको भाग सेकाउनका लागि भारतको बम्बइस्थित टाटा अस्पताल पुग्दा त त्यहाँका स्वास्थ्यकर्मीले क्यान्सर भएको पत्ता लगाएर लगातार उपचार थाले ।
त्यहाँ २५ वटा किमोथेरापी र २८ वटा रेडिसन उपचार गरिएपछि उनकोमा क्यान्सरको अवस्था सून्य भयो । गत ०७३ भदौदेखिको उपचारबाट स्वास्थ्य अवस्था ठिक भएपछि आमा उमा र दिदी रेश्माले उत्सवलाई यसबेला घर लिएर आइपुगे ।
विपन्न समुदायका उत्सवको उपचारका लागि सहयोग जुटाउन समाजसेवी साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउ अभियान समिति’ गठन गरी आर्थिक सहयोग संकलन अगाडि बढाइएको थियो ।
उपचारका लागि ऋण समेत पाउन छाडेपछि धिमाल परिवार ज्यादै पिरलोमा परेको थाहा पाएर स्थानीय एकजुट भएका थिए । जसअन्तर्गत देश र विदेशबाट ९ लाख ४८ हजार ७ सय ६५ रुपैयाँ रकम संलकन भएर उपचार गराउन सम्भव भएपछि उत्सवको ज्यान बच्न पुग्यो ।
नेपाल र भारतमा गरी उपचारमा जम्मा २२ लाख रुपैयाँ खर्च लाग्यो । आफ्नो जायजेथाका नाममा भएको घर समेत बन्धकी राखेर र अरु ऋणपान गरेर उपचार सम्पन्न भयो । तर अव ऋण तिर्नका लागि उत्सवका बुबा छत्रबहादुर पहिले जस्तै विदेशीने तरखरमा छन् ।
उनले वैदेशिक रोजगारीमै गएर घर परिवार धान्दै आएका थिए ।निको भइसकेको भएपनि ट्यूमर पलाउन सक्ने सम्भावना रहेकाले आफ्नो भाईलाई ३,३ महिनामा लगातार जसो टाटा अस्पतालमा चेकजाँच गर्नका लागि खर्च जुटाउन दिदी रेश्मा अस्पताल नजिककै ब्यूटिपार्लरमा काम गर्न थालेकी छन् ।
कक्षा ६ मा पढ्दै गरेका उत्सव आफु ठीक भएर फर्किएकोमा खुसी व्यक्त गर्दै आफु तंग्रिन केही समय लाग्ने बताउँछन् ।देशका नेताहरुले सामान्य विरामी पर्दा समेत राज्यको ढुकुटीबाट उपचार गराइरहेको र गरिव त्यसै मरिरहेको अवस्था छ ।
तर पैसाको अभावमा गरिव मान्छे समेत मर्न नपरोस् भनेर स्थानीयले जुटाएको आर्थिक सहयोगको अभियानले यस्ता गरिवहरु बँचाउन सक्नु ज्यादै ठूलो काम ठहरिएको धिमाल पत्रकार संघका केन्द्रीय अध्यक्ष विजय धिमालले विष्लेशष गरे ।