भानुचौकको दुर्घटनामा घाइते हुने महिलाको पहिचान खुल्यो
धरान/धरानको भानुचौकमा शनिबार भएको दुर्घटनामा घाइते भएकी महिलाको पहिचान खुलेको छ ।
घाइते हुने धरान–१८ मा अस्थायी रुपमा बस्दै आएकी ४३ वर्षीया विवाह परियार रहेको प्रहरीले जनाएको छ । उनी भानुचौकमा बाटो काट्ने क्रममा धरान काकडभिट्टा चल्ने को १ ख १९२४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।
ठक्करबाट उनको तल्लो पेटलगायतमा गम्भीर चोट लागेको थियो । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचापर भइरहेको छ । मानसिक रुपमा केही विक्षिप्त ती महिलाको स्थायी ठेगाना भने खुल्न सकेको छैन् ।
बसका चालक र बसलाई नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































