पथरी/मोरङको कानेपोखरी गाउँपालीका ४ स्थीत बयरवन बजारमा रहेको स्वास्थ चौकीको कर्मचारीले स्वास्थ चौकीको औषधि आफ्नै निजि क्लनिकबाट खुलेआम बच्ने गरेको रहस्य सार्वजानीक भएको छ ।
बयरवन बजारको घरमा संचालीत मोलबी फामेर्सीका संचालक मोलबी नदाफले झाँडापखला लागेका दम्पती दोय राजकुमार तामाङ र विष्णुमाया तामाङलाई रोकथाम गर्ने औषधि नेपाल सरकारबाट निःशुल्क वितरण लेखिएको एनटिभाइटिक औषधि दिएपछि रहस्य सार्वजानीक भएको हो । मोलबी नदाफ बयरवन स्वास्थ चौकीको सिअहेव छैटौ तहको कर्मचारी हुन ।
उनले दम्पती दोयलाई झाँडापखला रोगथामको लागी doxycycline Hydrochioride Capsule IP नामक एनटिभाइटिक औषधि दिएका थिए । विशेषज्ञहरुको अनुसार यो एनटिभाइटिक औषधि झाडापखलाको नभई घाउ,खटिराको लागी दिइने औषधि भएको बताएका छन् ।
[caption id="attachment_44287" align="aligncenter" width="804"] सरकारी स्वास्थ्य संस्थाकाे अबस्था[/caption]२६ गते मंगलबार चेक जाँच पछि दम्पती तामाङलाई एक–एक ओटा सुई दिएका थिए । त्यसपछि एक एक ओटा औषधि खाएका थिए । औषधि खाएपछि झन् बिरामी भएपछि स्थानीय बुद्ध शाक्यलाई बोलाई दवाई हेर्दा स्वास्थ चौकीको त ैपनि अर्को परेपछि यो रहस्य बजारमा सार्वजानकी भएको थियो । डाक्टरले दिएको औषधि खाएपछि धेरै बिरामीले च्यापो, त्यस पछि स्थानीयको सहयोगमा अर्को क्लनिकबाट उपचार गरेपछि अहिले स्वास्थ स्थीति अलिक ठिक भएको राजकुमार तामाङले बताए ।
उनले भने‘–बाँच्ने दिन रहेछ, दवाई खाएपछि झ्न समस्या भएकोले मैले औषधि नखाई छिमेकीलाई हारगुहार गरे ।’ यस विषयमा बिवाद चुलीएपछि २८ गते विहिबार स्थानीयहरुको पहलमा जिल्ला जनस्वास्थ कार्यालय मोरङको शाखा अधिकृत हरिबहादुर खत्रीको उपस्थीतमा कानेपोखरी गाउँपालीका कार्यालयका अधिकृत विनोद भण्डारी,स्वास्थ चौकी इन्चार्ज कामेश्वर अधिकारी र स्थानीयहरुको बैठकले स्वास्थ चौकीको औषधि बाहिर बेच्ने र स्वास्थमा खेलवाट गर्ने कर्मचारीलाई कारबाहिको लागी जिल्ला जनस्वस्थ कार्यालय मोरङलाई पत्र पठाइ सकेको स्वास्थ चौकीका अध्यक्ष तथा कानेपोखरी गाउँपालीका कार्यालयका अधिकृत विनोद भण्डारीले बताए ।
उता मोरङ जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख चन्द्रदेव मेहेताले कारवाहीको पत्र आएको स्वीकार गर्दै अहिले चुनावले सरुवा गर्न नमिल्ने भएकोले अहिले काजमा खटाउने र चुनाव पछि सरुवा गर्ने बताए । उनले भने त्यहाँ नजिकैको भएको र धेरै समय सम्म एकै ठाउँमा बसेकोले मन जितेर त्यसो गरेको हुन सक्ने उनले बताए ।
[caption id="attachment_44288" align="alignleft" width="503"] सर्बसाधारणलाइ बिक्री गरिएकाे सरकारबाट निशल्क बितरित अाैषधी[/caption]सावीक बयरवन गाविसमा एक दर्जन क्लनीक र हस्पिटल संचालनमा भएपनि नेपाल सरकारबाट स्वीकृत नभएकोले अवैधानीक तरिकाले संचालनमा रहेको प्रमुख मेहेताले बताए । स्वास्थ चौकीमा कार्यरत मोलबी नदाफले स्वास्थ चौकीको नजिकै ‘मोलबी फार्मेसी’ नामक क्लनीक संचालन गर्दै आएको छ ।
मोलबी फार्मेसीको घटना पटक–पटक भएकोले अब छुट दिनु नहुने स्थानीय भरत राईले बताए । स्वास्थ चौकीको इन्चार्ज कामेश्वर अधिकारीले स्थानीयहरु नै स्वास्थ चौकीमा काम गर्ने भएकोले लापारवाही भएको हो । यस किसिमको काम गर्ने कर्मचारीलाई कारबाहि अनिवार्य हुनु पर्ने जोड दिएका थिए ।