धरान/विश्व उच्चरक्तचाप दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक बीपीकेआइएचएस धरान शाखाले धरानको छाताचौकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । [caption id="attachment_45097" align="alignnone" width="900"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] शिविरमा करिव ३ सय भन्दा बढीले सेवा लिएका छन् । निःशुल्क शिविरमा मधुमेह, उच्चरक्तचाप, पिसावको जाँच गरिएको धरान शाखा अध्यक्ष बमबहादुर कुँवरले बताएका छन् । साथै, उच्चरक्तचाप, मधुमेह तथा पिसाव चाँजमा समस्या देखिएकाहरुलाई परामर्शसमेत दिइएको थियो । जसमा प्रतिष्ठानमा इन्र्टन गरिरहेका डा. महादेव भट्ट र डा. ललितसिंह धामीले परामर्श दिएका थिए । त्यस्तै धेरै नै समस्या भएकाहरुलाई भने प्रा.डा. सञ्जिव शर्माले नै परामर्श गरेका थिए । केएचडिसी मार्फत् सेवा प्रदान गरिएको थियो । विश्व उच्च रक्तचाप दिवस भने गएको बुधबार परेको थियो ।