एजेन्सी/ मानिसहरु कुनै न कुनै समयमा विरामी परिरहेका हुन्छ । कतिपयले सामान्य रुघाखोकी लाग्दा पनि औषधी सेवन गर्छन भने कतिपयको रोगले नगाल्दासम्म औषधी सेवन गर्ने स्वभाव हुँदैन । तर, औषधी सेवन गर्नुअघि भने ध्यान पुर्याउनु पर्ने हुन्छ ।

प्रायः मानिसहरु औषधी सेवन गर्दा ध्यान पुर्याउदैनन् । औषधी खाने बेलाभएपछि आफूसँग जे उपलब्ध छ उही चिजसँग औषधी सेवन गरेको पनि अक्सर भेटिने गर्छ । अझ कतिपय अवस्थामा त औषधीमात्रै पनि सेवन गरिरहेका भेटिन्छन् । तर त्यसरी जे पायो त्यही चिजसँग औषधी सेवन गर्नु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुको सल्लाहविना औषधी सेवन गर्दा रोग बल्झिनेमात्र नभई ज्यानजाने समेतको खतरा हुन सक्ने चिकित्सकहरुले औल्यांएका छन् ।

यी चिजसँग विर्सेरपनि औषधी सेवन नगर्नुस् १.मदिरासँग औषधी सेवन कहिल्यै नगर्नुस् । २. जुस तथा अन्य पेयपदार्थसँग औषधी सेवन गर्नुलाइ पनि राम्रो मानिदैन ३. धेरै तातो पानीसँग औषधी सेवन गर्नुहुँदैन । धेरै तातो पानीले औषधीको गुणस्तर घटाउन सक्ने भएकाले औधी तातोपानीसँग औषधीसेवन नगर्न चिकित्सकहरु सल्लाह दिन्छन् । ४. धेरै चिसो पानीसँग पनि औषधी सेवन गर्नुलाई राम्रो मानिदैन । ५. धेरै चिसो नभएको वा मन तातो पानीसँग औषधी सेवन गर्नु राम्रो हुन्छ । ६. रोगको प्रकृति हेरेर कतिपय अवस्थामा दूधसँग पनि औषधी सेवन गर्न चिकित्सकले सल्लाह दिएको पाइन्छ । तर, कुनैपनि औषधी सेवन गर्नुअगाडि त्यो औषधी के सँग खाने, कसरी खाने भन्ने विषयमा चिकित्सकसँग अनिवार्य सल्लाह लिनुहोला । चिकित्सकको सल्लाहबमोजिम मनपरी औषधी सेवन कहिल्यै पनि सेवन गर्नुहुँदैन ।