राजनीतिक संस्कार बसाल्न सफल – ‘प्रचण्ड’
सोलुखुम्बु/पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भए पनि देशमा राजनीतिक संस्कार बसालेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)ले आज जिल्लाको सोताङ गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दैनिक १८ घन्टा खटेर राजनीतिक संस्कार बसाल्न सफल भएको भन्दै संस्कार बसाल्दा निर्वाचनमा आफूहरु कमजोर हुन पुगेको उल्लेख गरे ।
उनले एमाले, काँग्रेस नयाँ संरचनामा निर्वाचन गराउन आनाकानी गरिरहेको आरोप लगाउँदै उनीहरुलाई पनि साथमा लिएर निर्वाचन गरेको र अब दोस्रो चरणको निर्वाचनमा भने पार्टीलाई बलियो बनाउन आफू मैदानमा उत्रिने बताए ।
चुनावमा केही कम सिट जितेको भए पनि मुद्दामा आफूहरुकै जित भएको भन्दै ‘प्रचण्ड’ले यो निर्वाचनमा माओवादी नै विजयी भएको गौरव स्वीकारेर उच्च मनोबलका साथ जनताको सेवामा खट्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले सिंहदरबारको अधिकार गाउँमा ल्याउन सफल भएको बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































