धरान/गायनमा अनुपा राई र नृत्यमा रोजिना सुब्बाले युनिभर्सल आइकन सिजन–२ को उपाधि जितेका छन् । उपाधिसँगै उनीहरुले जनही ५०–५० हजार रुपैयासहित ट्रफी, मेडल प्राप्त गरेका छन् । साथै, धरान आर्दशमा पूर्ण छात्रवृति प्राप्त गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशरा हलमा शुक्रबार राति सम्पन्न प्रतियोगितामा ७–७ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई र सुब्बाले उपाधि जितेका थिए । त्यस्तै गायनमा रुपेश खाती दोस्रो र विजय मगर तेस्रो बन्दा नृत्यमा विजया मगर दोस्रो र स्नेहा केसी तेस्रो बन्दै क्रमशः नगद १५ र १० हजार रुपैया र ट्रफी प्राप्त गरेका छन् । उनीहरुले समिट र विजयपुर स्कुलमा छात्रवृति प्राप्त गरेको टप युनिभर्सल एकेडेमीका संयोजक हेमन्त भण्डारीले जानकारी दिए । त्यस्तै बेष्ट डिसिप्लिन असिम तामाङ, पब्लिक च्वाइस समिक्षा लिम्बू, बेष्र्ट पर्सनालिटी सेरिना राई, र वेष्ट फ्रेण्डसिप एलिसा राई घोषित हुँदै नगद १०–१० हजार रुपैया प्राप्त गरेका छन् । कार्यक्रममा टप युनिभर्सलका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री, धरान आर्दश विज्ञान संकायका संयोजक नेत्र सुवेदी, वाइवाइका प्रतिनिधि पुरस्कार वितरण गरेका छन् ।