पाठेघर वा गर्भाशयको मुखको कोषिकाहरूमा असामान्य परिवर्तन भई त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ।

रोकथामका उपाय

– क्यान्सर कारक तत्वहरूबाट अलग रहने, सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै सन्तान नजन्माउने,

– लामो समयसम्म परिवार नियोजनका साधन प्रयोग नगर्ने,

– समय-समयमा पाठेघरको जाँच गराउने।

निदानका सरल उपाय

– गर्भाशय स्राव परीक्षण (प्याप स्मेयर) गर्ने: गर्भाशयबाट निस्कने स्रावहरू संकलन गरी परीक्षण गराई पाठेघरका कोषिकाहरू सामान्य रहे/नरहेको थाहा पाउने एक सरल र छरितो परीक्षण हो।

यो परीक्षण कस्ता महिलाले गर्ने?

३५ देखि ६० वर्ष उमेरका विवाहित महिलाले वर्षमा कम्तिमा एक पटक यो परीक्षण गराउनुपर्छ।

परीक्षणअघि ध्यान दिनुपर्ने कुरा

– महिनावारी भएको ५-७ दिन वा रगत देखा परेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म यो परीक्षण गराउनु हुँदैन।

– कुनै  औषधि प्रयोग गरिएको हुनु हुँदैन।

– पानी वा साबुनले योनीभित्र सफा गरिएको अवस्थामा पनि परीक्षण गर्नु हुँदैन।

नियमित  पाठेघरको परीक्षणबाट हुने फाइदा

– १० वर्षअघि नै पाठेघरमा क्यान्सर छ कि छैन पत्ता लगाई समयमा निदान गर्न,

– पाठेघरमा केही संक्रमण हुन थालेको छ भने पहिले नै पत्ता लगाई सामान्य उपचारबाट निको पार्न।

स्वास्थ्यखबरबाट