प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा पनि टिकट नपाएका नेताहरुलाई राष्ट्रियसभामा ल्याउने अपेक्षा गरिए पनि समावेश हुन सकेनन् ।
अग्नी खरेल, भरतमोहन अधिकारी, महेन्द्रबहादुर पाण्डे, केशव बडाल, प्रदिप नेपाल, ठाकुर गैरे, युवराज कार्की, पुष्प कँडेल, सोमनाथ प्यासी, विष्णु रिमाल लगायतका सक्रिय नेताहरुले नै अवसर नपाएपछि अलोचना भइरहेको छ । त्यसैगरी युवराज ज्ञवाली, अमृतकुमार बोहोरा र केशव बडालले पनि राष्ट्रियसभाको चुनावमा टिकट पाएनन् ।
एमालेबाट राष्ट्रियसभामा उम्मेदवारी बनाइएका नेताहरु
प्रदेश १ १. नैनकला ओझा (महिला), मोरङ २. खेम नेपाली (दलित), मोरङ ३. हरिचरण सिवाकोटी (खुला), झापा ४. पर्शुमेघी गुरुङ (खुला), संखुवासभा ५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश ३ १. पार्वती रावल (महिला), चितवन २. उदया शर्मा (महिला), काठमाडौं ३. सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक ४. बलराम बास्कोटा (खुला), काठमाडौं ५. बेदुराम भुसाल (खुला), काठमाडौं ६. रामचन्द्र राई (अल्पसंख्यक), मकवानपुर
प्रदेश ४ १. रामबहादुर थापा (अपांगता), स्याङ्जा २. गणेश तिमिल्सिना (खुला), पर्वत ३. शान्ति अधिकारी (महिला), बाग्लुङ ४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश ५ १. रामलखन हरिजन (दलित), नवलपरासी २. खिमलाल भट्टराई (खुला), रूपन्देही ३. मीना बुढा (महिला), रोल्पा ४. कोमल वली (महिला), दाङ
प्रदेश ६ १. कविता बोगटी (महिला), हुम्ला २. नन्दा शर्मा ( महिला), सुर्खेत ३. नरपति लोहार (दलित), कालिकोट ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट ५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश ७ १. कमला ओली (महिला), कैलाली २. इन्दु कडेरिया विष्ट ( महिला), कञ्चनपुर ३. शेरबहादुर कुँवर (खुला), अछाम ४. चक्रप्रसाद स्नेही (दलित), डडेल्धुरा