इनरुवा/ प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सुनसरीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । इनरुवामा बुधबार सूचना आयोगले आयोजना गरेको सूचनाको हक विषयको अन्तरक्रियामा उनले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि आग्रह गरे । उनले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताए । उनले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताए ।