मधुमल्ला/ मोरङको मिक्लाजुङ गााउँपालिका वार्ड नं. ७ बालाटुङमा (आज सुक्रबार) बिहान करेन्ट लागेर १६ वर्षिय सुमित राईकोे मृत्यु भएको छ ।
इलाम चुलाचुली गाउँपालिका वडा नं. ६ घर भई हल आफ्नै काकाको घर मिक्लाजुङ–७ बालाटुमा बस्दै आएका राई आज बिहान कलमा पानी पेल्न लाग्द कलमा जोडीएको मोटरबाट बिद्युत सटभई करेन्ट लगेर सख्त घाइते भएका थिए । राई लाई उपचारार्थ उर्लाबारीको अरनीको अस्पतालमा पुुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शब पोष्टमाटमका लागी मंगलबारे लगिएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जानकारी दिएको छ ।
मृतक राई भगवती मा.वि. मिक्लाजुङमा कक्षा ९ मा अध्ययनरत थिए ।