विराटनगर / आर्थिक अवस्था नाजुक भएका असहाय तथा अपाङगता भएर कामगर्न नसक्ने २० घर परिवारलाई ‘हामी पहिले मानव हौ’ नामक संस्थाले ६ महिनासम्म पुग्ने खाद्यान्य वितरण गरेको छ ।
उक्त संस्थाले विराटनगरमा शनिबार एक कार्यक्रमको बिच अपाङ्गता भएका व्यक्तिहरुलाई जीवनयापन गर्न सहज पुर्याउने उद्देश्यले खाद्यान्य वितरण गरेका हुन् ।
उनीहरुले विराटनगरमा रहेका विपन्न सामुदायिका असायहरुलाई चामल, दाल, तेल, नुुन जस्ता आवश्यक पर्ने खाद्यान्यहरु वितरण गरेका थिए ।
नेपाल कम्युुनिष्ट पार्टीका नेता एंव सांसद शिवकुुमार मण्डल र संस्थाकी अध्यक्ष रिता पन्तले सयुुक्त रुपमा खाद्यान्य वितरण गरेका थिए । आर्थिक अवस्था नाजुक भएका अपाङगता भएका व्यक्तिहरुलाई आफैले लगानी गरेर ६ महिनासम्म पुग्नेगरी खाद्यान्य वितरण गरेको संस्थाकी अध्यक्ष पन्तले जानकारी दिइन् ।
विराटनगर – १ नमुुनामार्गमा रहेको उक्त संस्थाले प्रत्येक महिनाको ५ गते ती परिवारलाई खाद्यान्य वितरणगर्ने व्यबस्था मिलाएको छ ।
कार्यक्रममा बोल्दै सांसद मण्डलले वृद्धा आश्रम खोल्ने भन्दापनि यसरी दिनदुखीलाई सेवागर्नुु मानव धर्म भएको बताए । उनले घरमा सम्पती हुुदहुदैपनी आमावुुवालाई वुुद्धा आश्रममा लगेर छाडने छोराछोरीलाई राज्यले दण्डित गर्नुुपर्ने कानुुन ल्याउनुुपर्ने बताए ।
कार्यक्रममा बाेल्दै संस्थाकी अध्यक्ष रीता पन्तले हामी पहिले मानव भएकाले मानव मानव विच भाइचाराको सम्बन्ध स्थापित गर्न र सवैधर्म जातीलाई सम्मानगर्न नैतिक शिक्षा आजको आवश्यकता भएको बताइन् ।
संस्थाले आमाबुवाको निस्वार्थ सेवागर्ने सन्तान तथा दाइजो नलिई विवाहगर्ने व्यक्तिलाई समेत सम्मान गरेको थियो । संस्थाले विराटनगर स्थित मोरङ कारागारमा रहेको ४० जना महिला कैदीबन्दीहरुलाई नैतिक शिक्षा तथा सुुरक्षागार्डलाई समेत सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको संस्थाकी अध्यक्ष पन्तले जानकारी दिइन् ।
संस्थाले अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका लागी घरटहरा समेत निमार्ण गरेको बताइएको छ ।