अमेरिका / अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्। ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा बाढीको खतरा बढेको छ। विनाशको खतरा आँधीको शक्ति मापन गरिने मापदण्ड अनुसार निकै शक्तिशाली क्याटगोरी फोरमा राखिएको उक्त माइकल नाम दिइएको आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।



