सिकाको । अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन। मिन्नेसोटा प्रदेशमा उनि विजयी भएकि छिन । त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकिछिन् ।
प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उहाँको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ । संसद्मा उनिहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित भएका छन्।
संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुन् । उनि इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्दछन्।अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनिहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ ।रासस÷एएफपी
ब्लाष्टखबर युट्युब