धरान / वुमन वर्थ ग्रुपले आफ्नो “एक महिना एक काम” अभियान अन्र्तगत महिलाहरुमा हुने महिनावारी सम्वन्धी समस्या तथा समाधानको विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको गरेको छ ।
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम धरान ५ स्थित सरस्वति मावि पानवारीका कक्षा ९ र १० का छात्र्राहरु प्रशिक्षण दिइएको छ ।
करिव १ सय ५० जना छात्राहरुलाई धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानका डा. रक्षा उप्रती महिनावरी सम्वन्धी समस्या तथा समाधानको विषयमा जानकारी गराएकीछन् । विद्यार्थीहरुले आप्mनो समस्याको विषयमा डा.उप्रेति माझ राखेका थिए । अन्तरक्रियाको समयमा विद्यालयका शिक्षिकाहरुको पनि सहभागिता रहेको थियो । सोहि दिन वुमन वर्थ गु्रपले सहभागि छात्रा विद्यार्थीहरुलाई प्याड समेत वितरण गरेका छन । कार्यक्रममा वुमन वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठ, प्रमुख अतिथि धरान ६ वडाध्यक्ष भुवनसिंङ्ग वस्नेत, विद्यालयका प्रध्यापक गंगा धमला, मिसेस स्टेट १ संझना घातानि, मिसेस स्टेट फस्ट रनरअप कानुन कार्कीलगायतको उपस्थिती रहेको थियो । उनीहरुलाई संस्थाले प्याडसमेत वितरण गरेको छ ।