श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ ७ गते सोमबार, २१ जनवरी २०१९ । पौष शुक्लपक्षको पूर्णिमा तिथि ११ः३० बजेसम्म उप्रान्त प्रतिपदा, नक्षत्र तिष्य २८ः२९ बजेसम्म, उप्रान्त आश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः३३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । आफ्नो सोच अनुसारको काम नहुनाले मन अशान्ति होला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्ने जोश जा“गर र हिम्मत बढ्नेछ । जग्गा जमिन तथा वाहन खरिद हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा सहजता मिल्नेछ । अधिकार प्राप्तिकालागि संघर्ष गर्नुपर्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोगमा नयाा“ कामको शुभारम्भ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागीरमा बढुवा थता स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । पारिवारिक जिवनमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । रोकिएका अधुरा कामले पूर्णता पाउनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अशुभ समाचारले मन दुःखी बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा सफलता मिल्ला । मातृपक्षको सहयोग प्राप्त भइरहला । लाभदायी यात्राको अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।