इटहरी/बालगायक प्रितम आचार्यलाई इटहरीमा भव्य स्वागत गरिएको छ ।

भारतको जीटिभीबाट प्रशारित चर्चित रियालिटी शो ‘सारेगम लिटिल च्याम्स’ को टप ३० मा पुग्न सफल आचार्यलाई गृह नगरमा भव्य स्वागत गरिएको हो । भारतबाट जीटिभीको टोलीसहित इटहरी आएको थियो । उनी नेपाली पहिरनमा सजिएका थिए ।

इटहरीका मेयर द्वारिकलाल चौधरीले प्रितम इटहरीको मात्र नभएर नेपालकै सान भएको बताए । बालगायक प्रितमले नगरले आफूलाई स्वागत गरेकामा खुसी व्यक्त गरे । उनले त्यहाँ नेपाली राष्ट्रिय गीत सहित ३ वटा गीत गाएका थिए ।

सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले सारेगम लिटिल च्याम्समा प्रितमले उत्कृष्ठ प्रदर्शन गरिरहेको बताए ।