श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ ११ गते शुक्रबार, २५ जनवरी २०१९ । माघ कृष्णपक्षको पंचमी तिथि २४ः१२ बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र उत्तरफाल्गुनी २२ः१२ बजेसम्म, उप्रान्त हस्त, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५५ र सूर्यास्त ६ः३७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका अधुरा कामकाजहरु सुचारु हुनेछन् । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धन खर्च होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । दाम नाम र इज्जत कमाउने बेला छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । मनमा निरास र शरिर आलश्यता छाउला । अशुभ समाचारले मन खिन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा भवन समबन्धि काममा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।