श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ७ गते मंगलवार, १९ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको पुर्णिमा तिथि ४१ः१३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अम्लेषा ११ः ०० बजेसम्म, उप्रान्त मधा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४० र सूर्यास्त ५ः५६ मा हुनेछ । ज्यो.पंः हरिप्रसाद पौडेल
मो.नंः ९८५२०६०४३०
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तम खालको छ ।धर्म कर्म तथा समाज सेवाका मन लाग्ने छ ।रमणिय स्थानको भ्रमण गर्ने अवसर प्रप्ता होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्य खालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अरुको काममा बढी समय दिनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभमिल्ला
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जाने छ । अवरोध रहेको कामकाजहरु सुचारु हुने छ । शुभ समाचारले मन पसन्न बन्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन चा“दी तथा तत्वजन्य कार्य व्यवसायमा रुचि बढ्ने छ । घरपरिवारमा धार्मिक कार्यक्रम होला । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गण्यमाण्य तथा प्रतिष्ठित व्यत्तिहरु सित रमाइलो भेटघाट होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम खालको छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुने छ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्य खालको छ । स्वास्थ्यमा केहि समस्या आइपर्नसक्छ । सानो कामको लागी ठुलै धनराशि खर्च होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचा“दी तथा जग्गाजमिनको कार्यव्यवसायमा सफलता मिल्ला ।अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ । मन प्रसन्न होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । नया“ कार्य व्यवसायको शुभराम्भ हुने छ । लामो समय देखि रोकिएका कामकाजहरु सुचारु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ उधोग वा रचनात्मक काममा मन जाने छ । महिला मित्रको विशेष सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आंभुषण प्राप्त हुने छ । आर्थिक कारोवारमा सफलता मिल्ला । शुभ कार्यको चर्चा चल्ने छ ।