श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ८ गते बुधबार, २० फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको प्रतिपदा तिथि १९ः२८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मघा ९ः२० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः५७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । साथीभाइसित रमाइलो भेटघाट एवं खानपिनमा समय वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन चा“दी तथा वाहन खरिद गर्ने अवसर मिल्ला । विवाह व्रतवन्ध जस्ता उत्सवमा सरिक भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । महिलामित्रको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रफुल बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । नयाँ कामको शुभारम्भ हुनेछ ।