श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १० गते शुक्रबार,२२ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको तृतीया तिथि १५ः११ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र हस्त २९ः०५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या सूर्योदय ६ः३७ र सूर्यास्त ५ः५९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय मध्यम खालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्न सक्छ । विश्वास गरेवाट विश्वासघात नहोला भन्न सकिन्न ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तम खालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुने छ । मातृपक्षको सहयोग प्राप्त भइरहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुचि बढनेछ । साथीभाई तथा आफन्तको सहयोग प्राप्त भइएला मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडीएका साथीहरुसित भेटघाट हुने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका कामकाजहरु सुचारु हुनेछन् । धनआर्जनका नयाँ श्रोतहरु फेला पर्ने हुन्छ । लक्ष्यदायी यात्रामा शरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा दुविधा उत्पन्न होला । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम खालको छ । नयाँ कार्य शुभारम्भ हुने छ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनका भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजमा गण्यमाण्य व्यक्तिसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामन्य खालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ ।आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जाने छ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गण्यमाण्य व्यक्तिहरु सित भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुने छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्ने छ ।