श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १६ गते बिहीबार, २८ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको नवमी तिथि १०ः३४ बजेसम्म, उप्रान्त दशमी नक्षत्र मुल ३०ः०८ बजेसम्म, उप्रान्त मुल,चन्द्रमाराशि धनु, सूर्योदय ६ः३२ र सूर्यास्त ६ः०३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । अधिकार प्राप्तिका लागि निकै संघर्ष गर्नुपर्ला । अनावश्यक कामको झन्झट आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भईएला । विछोडिएका साथीभाइहरु भेटिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरुबाट उचित मान सम्मान मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशु चौपायादिको व्यापारमा मन जानेछ । महिला मित्रको सहयोग प्राप्त भईरहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । न्यायिक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक क्षेत्रको भ्रमण गर्ने अवसर प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोजगारको अवसर मिल्ला । सामाजिक तथा राजनैतिक क्षेत्रमा मान–सम्मान मिल्नेछ । रमाइलो वातावरणमा दिन वित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाईएला । आरम्भ गरेका काममा समस्या आइपर्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कायक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसीत भेट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तम खालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचार सुन्न पईएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाईहरुसित रमाइलो भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्नसक्छ ।विश्वासपात्र बाट धोका होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला शुभ समाचारले मन प्रसन्न बन्नेछ ।