श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १७ गते शुक्रबार, १ मार्च २०१९ । फाल्गुण कृष्णपक्षको दशमी तिथि १०ः२९ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र पुर्वषाढा २०ः०८ बजेसम्म, अहोरात्र उप्रान्त पुर्वषाढा,चन्द्रमाराशि धनु, सूर्योदय ६ः३१ र सूर्यास्त ६ः०४ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य–व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अरुको कममा बढी समय दिनुपर्ला । शरिर अश्वस्थ रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथिको सेवा गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायादिको व्यापारमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । शुभसमाचरले मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रमा विशेष लाभ मिल्ला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कार्यहरु सुचारु हुनेछन् । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा खासै मन नजाला धार्मिक संकटको सामना गर्नुपर्ला । अनावश्यक कार्यको झन्झट आइपर्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट एवं खानपिन होला ।