श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १८ गते शनिबार,२ मार्च २०१९ । फाल्गुण कृष्णपक्षको एकादशी तिथि १२ः५२ बजेसम्म, उप्रान्त द्धादशी नक्षत्र पुर्वषाढा ७ः५६ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु,सूर्योदय ६ः२९ र सूर्यास्त ६ः०४ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहला ।लाभदायी यात्रा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायादिको व्यापारमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । आर्थिक लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्रा गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आंखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । अकस्मात् धनलाभ हुनाले मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा ढिला–सुस्ती हुनेछ । आ“खा तथा पेट सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा सामाजीक काममा सक्रिय भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । पारिवरिक जीवनमा केहि समस्या आइपर्न सक्छ । घरपरिवार बाट छुट्टिएर वस्नु पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्यएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ ।पारिवारिक जीवनमा खुसीयाली छाउला ।अतिथि सेवागर्ने अवसर मिल्ला ।