श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २० गते सोमबार, ४ मार्च २०१९ । फाल्गुण कृष्णपक्षको त्रयोदशी तिथि १६ः४० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण १२ः३९ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२७ र सूर्यास्त ६ः०६ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । यात्रा सफल होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा खर्च होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । फलदायी यात्रा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपायासम्बन्धी काममा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त हुनेछ ।