श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २१ गते मङ्गलबार, ५ मार्च २०१९ । फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथि १८ः४८ बजेसम्म, उप्रान्त औसी, नक्षत्र धनिष्ठा १५ः१६ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२७ र सूर्यास्त ६ः०६ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय सामान्यखालको छ । आम्दानीका श्रोतमा केही समस्या आइपर्नसक्छ ।घरपरिवारबाट छुटीएर वस्नु पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजीक क्षेत्रको काममा मन जानेछ । समाजका प्रतिष्ठित व्यक्तिहरुसित रमाइलो भेटघाट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्त तथा मित्रवर्गको सहयोगले नया“ कामको शुभारम्भ होला । परोपकारी काममा सक्रिय भइएला ।मनप्रन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशु चौपायादिको व्यापार व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न भइएला ।पारिवारिक जीवनमा खुसीयाली छाउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोजगारको अवसर मिल्नेछ । चिताएको कामले तिव्रता पाउ“ला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आंखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आलोचना होला ।मन प्रसन्न रहला । 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्या–मामिलामा तपाइको विजय हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । रमाइलो वातावरणमा दिन वित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट होला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभ–कार्यको चर्चा चल्नेछ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नसक्छ । नपत्नयाएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।