श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २२ गते बुधबार, ६ मार्च २०१९ । फाल्गुण कृष्णपक्षको औंसी तिथि २०ः५२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र शतभिषा १७ः५० बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२६ र सूर्यास्त ६ः०६ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय सामान्यखालको छ । प्रारम्भ गरेका काममा विध्नबाधाहरु हाइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा पशुचौपादिको व्यापार व्यवसायमा मन जानेछ । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शिर तथा आ“खा । सम्बन्धि समस्याले निकै सताउला आर्थिक संकटको सामना गर्नुपर्ला । अनावश्यक काममा फसिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट होला । रमाइलो वातावरणमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । चोटपटक तथा दुर्घटनाको हुनसक्ला । दिनको उत्ताराधीतिर शुभ समाचार सुन्न पँइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । महिला वर्गबाट विशेष सहयोग प्राप्त होला । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा मन जाला । पारिवारिक जीवनमा खुसी रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्कापट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्य खालकोछ । मनमा द्धिविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रााप्तका लागी निकै संघर्ष गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम,नाम इज्जत र प्रतिष्ठा कमाउने बेलाछ । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।