श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २३ गते बिहिबार, ७ मार्च २०१९ । फाल्गुण शुक्लपक्षको प्रतिपदा तिथि २२ः४२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वभाद्रपदा २०ः१२ बजेसम्म, उप्रान्त उत्तर्रभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२५ र सूर्यास्त ६ः६ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका प्रतिष्ठित व्यक्तिसँग भेटहुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा खासै मन नजाला । कार्यव्यवसायमा केहि समस्या आइपर्न सक्छ । पारिवरिक जीवनमा खटपट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाटमा दिन वित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रोछ ।अध्ययन अध्यापनको क्षेत्रबाट विभिन्न स्थानको भ्रमण होला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला । शरिर आस्वस्थ्य बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या र वुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रमा लगानी लाभदायक रहला । रमाइलो वातावरणमा दिन वित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रोछ । कामगर्ने जोश जांगर र हिम्मत बढ्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक सभा सम्मेलनमा सक्रिय भइएला । नयाँ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । रमाइलो वातावरण दिन वित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन सम्बन्धि काममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । आर्थिक लाभ हुनेछ ।